×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुरमा सुरु भयो ‘क्लिन सिटी’ अभियान, फर्स्टमा फुटपाथ हेरेको महानगरले दोस्रो लटमा बेसमेन्ट ताक्ने (फोटो-कथा)

PRIME CA
GLOBAL IME BANK

ललितपुरमा सुरु भयो ‘क्लिन सिटी’ अभियान, फर्स्टमा फुटपाथ हेरेको महानगरले दोस्रो लटमा बेसमेन्ट ताक्ने (फोटो-कथा)

१७ भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ललितपुर महानगरपालिकाले पनि ‘क्लिन सिटी’ अभियान सुरु गरेको छ । बिहीबार महानगरपालिकाले लगनखेलमा रहेको आफ्नै भवनले ओगटेको फुटपाथको एरिया खाली गरेर अभियानको सुरुवात गरेको महानगरिय प्रहरी प्रमुख सिताराम हाछेथुले बताएका छन् ।

‘नगरप्रमुखकै आदेशमा हामीले पहिलो चरणको अभियान आफ्नै भवनबाट सुरु गरेका छौँ । पहिलो चरणमा महानगरपालिकाको आदेश अनुसार सडक पेटी र फुटपाथ खाली गर्ने काम गरिरहेका छौँ ।’ नगर प्रहरी प्रमुख हाछेथुले भने -‘अहिले सामान्य रुपमा पैदलयात्रीलाई हिड्न अफ्ठ्यारो पार्ने संरचना हटाईरहेका छौँ । दशैंभन्दा अघि हाम्रो अभियान सामान्य रुपमा फुटपाथ र सडकपेटी नै खाली गर्नेमा केन्द्रित छ ।’

यता महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले तत्कालका लागि अवैध संरचना हटाउने अभियानलाई अभियान भन्दा पनि गृहकार्यका रुपमा अघि सारेको बताएका छन् । ‘दशैंभन्दा अगाडीको समयमालाई हामीले गृहकार्यको समयका रुपमा लिएका छौँ र सामान्यतया फुटपाथ र सडकपेटी खाली गरिरहेका छौँ’, उनले भने, ‘दशैंभन्दा अगाडी हामी केही गर्दैनौं । सूचना जारी गरिसकेको छौँ, दशैंपछि अवैध संरचना हटाउने अभियानालाई सक्रिय रुपमा अघि बढाउछौँ ।’ हामीले बेसमेन्ट र नक्साबिनाको संरचना हटाउनको लागि सूचना जारी गरिसकेका छौँ । तर, हटाउने काम चाहिँ दशैंपछिमात्रै सुरु हुन्छ ।’

बिहीबार ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुख सिताराम हाछेथुको कमाण्डमा नगरप्रहरीले केही ठाउँको फुटपाथमा रहेको अवैध संरचना खाली गरेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: