काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले ९३ हजार ४ सय ७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
बैंकले संस्थापक सेयरधनी युगराज रेग्मीको ६५ हजार कित्ता, सुजन बरालको १३ हजार कित्ता, गणेशराज रेग्मीको ११ हजार ४०७ कित्ता र अनन्तराज पोख्रेलको नाममा रहेको ४ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले बुधबारबाट ३५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौँमा निवेदन पेश गर्नुपर्नेछ ।
सो अवधिमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।