×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दशैँको मुखमा बढ्यो तेल, चामल, च्युरा र तरकारीको भाउ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

दशैँको मुखमा बढ्यो तेल, चामल, च्युरा र तरकारीको भाउ !

Artha Sarokar

२७ भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । प्रत्येक वर्ष दशैँको समयमा महंगिने नेपाली भान्सा यसवर्ष पनि महंगिने भएको छ । गतवर्षको तुलनामा यस वर्ष खाद्यान्नदेखि, खानेतेल र तरकारीसम्मको मूल्यसूचीमा वृद्धि भएको छ । यसले यसवर्षको दशैँ गतवर्षको भन्दा महंगो हुने पक्का देखिएको छ ।

यसवर्ष पनि दशैँ-तिहारको समयमा बढी खपत हुने सामाग्रीको मूल्यमा वृद्धि भएको छ । गतवर्षको भन्दा यसवर्ष खाद्यान्न, दलहन र खानेतेल लगायत दैनिक उपभोग्य वस्तुको मुल्य बढेको खुद्रा व्यापार संघले जनाएको छ । ‘यसवर्षका लागि मुल्यसूची नै सार्वजनिक गरेका छौँ । सोही मूल्यसूचीका आधारमा सामाग्रीको खरिदबिक्रि हुन्छ’, संघका एक सदस्यले भने, ‘यो वर्ष दाल, चामल, गेडागुडी, खानेतेल लगायत सबैजसो वस्तुको मूल्य बढेको छ ।

मूल्य बढाउनु व्यापारीहरुको रहर भन्दा पनि बाध्यता बनेको छ ।’ त्यस्तै यसवर्ष खाद्यान्न तथा खानेतेलसँगै सबैजसो तरकारीजन्य वस्तुको मूल्यमा पनि वृद्धी भएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

कुन वस्तुको मूल्य कति बढ्यो ?
गतवर्षको तुलनामा यसवर्ष चामलको मूल्यमा वृद्धि भएको छ । यसवर्ष पोखरेली, बासमती र जिरा मसिनो चामलको मूल्य १० रुपैयाँले बढेको हो । त्यस्तै भदौ महिनासम्ममा ताइचिन चिउराको मूल्य प्रतिकिलो २० रुपैयाँले बढेको छ भने सबैजसो दालहरूको मूल्य समेत बढेको संघले जानकारी दिएको छ । संघका अनुसार मासको दाल प्रतिकेजी १० रुपैयाँ, मुसुरको दाल १५ रुपैयाँ र मस्यौरा प्रतिकिलो २५ रुपैयाँले बढेको छ ।

त्यस्तै, खुद्रा व्यापार संघले जारी गरेको मूल्यसूचीका अनुसार चनाको मूल्य गत वर्षको भदौ १५ को तुलनामा प्रतिकिलो २५ रुपैयाँले बढेको छ । केराउको मूल्य किलोमा ३५, राजमाको मूल्य किलोमा १०, सेतो सिमीको मूल्य प्रतिकिलो ४० र बोडी प्रतिकेजी १० रुपैयाँले बढेको छ भने मुगीको गेडा र मस्याङको मूल्य भने यथावत् रहेको छ ।

यो सँगै यसवर्ष खानेतेलको मूल्यमा पनि प्रतिलिटर ४० रुपैयाँ बढेको छ । त्यस्तै काँचो तोरीको तेलको मूल्य लिटरमा ११० रुपैयाँले बढेको छ । यता भटमासको तेलको मूल्य १५ रुपैयाँ प्रतिलिटर बढ्दा सनफ्लावर तेलको मूल्य लिटरमा ५० रुपैयाँ वृद्धि भएको छ । त्यस्तै डाल्डा घ्यूको मूल्य लिटरमा ८० रुपैयाँसम्म वृद्धि भएको छ भने नेपाली घ्यूको मूल्य प्रतिलिटर ३०० रुपैयाँसम्म बढेको संघले जानकारी दिएको छ । त्यस्तै यसवर्ष सबै किसिमका तरकारीमा १५ देखि २० रुपैयाँले वृद्धि भएको छ ।

महंगीले दशैँ खल्लो हुने पिर
यसो त हरेक वर्ष नेपालीहरु महंगो दशैँ मनाउन बाध्य छन् । गतवर्ष पनि दशैँकै मुखमा भएको मूल्यवृद्धीले देशको ठूलो जनसंख्या मर्कामा परेको थियो । कारोना महामारीपछि पहिलो पटक यसवर्ष दशैँ हर्षोल्लाहसका साथमा मनाईदै छ । तर, दशैँकै मुखमा मूल्य वृद्धि भएपछि अधिकांश नागरिक चिन्तामा परेका छन् ।

‘सरकारले चाडपर्वका बेला कहिल्यै पनि निम्नवर्गका नागरिकको बारेमा सोचेन । सबैसँग महंगो दशैँ मनाउने सामथ्र्य नहुन सक्छ’, एक स्थानीयले भने, ‘नेपाल सरकारको नीति नै उल्टो छ । यो भव्य चाडपर्वको बेलामा त झन् सहुलियत भान्साको व्यवस्था गर्नुपथ्र्यो ।’ अहिले दैनिक उपभोग्य सामानमा भएको मूल्यवृद्धिका कारण ठूलो संख्या ‘दशैँ कसरी मनाउने ?’ भन्ने विषयमै सोचमग्न भएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी