×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

इभि एक्स्पो २०२२ : गाडी किन्नेहरु भन्दा गाडी र मोडल हेर्नेको भीड, व्यवस्थापन उस्तै कमजोर (फोटो-फिचर)

काठमाडौं । बिहिबारदेखि काठमाडौंको भृकुटी मण्डपमा ‘नाडा इभी एक्स्पो २०२२’ सुरु भएको छ । नेपालमै पहिलोपटक गरिएको भनिएको उक्त इभी अटो शोमा विधुतीय सवारी साधन, पाठपूर्जाको प्रदर्शनी गरिएको छ । तर, नाडाको उक्त शोले  ग्राहक कम, दर्शक बढी बटुल्न सफल भएको छ ।

बिहिबारबाट सुरु भएको उक्त अटो शोमा शुक्रबार पनि मानिसहरुको भीड देखिन्थ्यो । तर, प्रदर्शनीमा सहभागी अधिकांश गाडीका मोडल हेर्नकै लागि उपस्थित भएका थिए । अर्थात, प्रदर्शनीमा सवारी किन्ने ग्राहकको उपस्थिति भने निकै कम थियो । प्रदर्शनी स्थल भरिभराउ भए पनि नाडाले उद्देश्य अनुसारको लक्ष भने हासिल गर्न सकेको नदेखिएको स्वयम् सो एक्स्पोमा स्टल राख्नेहरु बताउँछन् ।

एक्स्पोमा सहभागीहरुसँग प्रतिक्रिया लिंदा १० जनामध्ये ७ जनाले ‘खत्रा खत्रा गाडी राखेको छ रे भन्ने सुनेर आएको’जस्ता प्रतिक्रिया दिएका छन् ।

यसो त इभी अटो शोको व्यवस्थापन पनि खासै चित्तबुझ्दो नभएको प्रदर्शनी स्थलमा पुगेकाहरुले बताएका छन् । ‘यो नयाँ खालको एक्स्पो भनेर हेर्न आएको तर गतिलो केहि रहेनछ ।’ एक्स्पोमा सहभागीमध्येका एकले भने  ‘व्यवस्थापन पनि सोचेको भन्दा बढि फितलो लाग्यो । स्टलहरु व्यवस्थित लागेन ।  पार्किङ्ग त झनै झुर रहे छ। नेपालमै पहिल पटक भएर होला व्यवस्थापन धेरै कमजोर नै देखियो ।’

‘इभी अटो एक्स्पो २०२२’ बिहीबारदेखि आइतबारसम्म (४ दिन) इभी अटो शो चल्नेछ । एक्स्पोको शिर्ष प्रायोजक सिएट टायर र सह-प्रायोजकमा शिखरइन्स्योरेन्स कम्पनी छन् । एक्स्पोको व्यवस्थापनको जिम्मा ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले लिएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: