×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल लाइफ इन्स्योरेन्सद्वारा १५ प्रतिशत बोनस सेयर दिने घोषणा

PRIME CA

नेशनल लाइफ इन्स्योरेन्सद्वारा १५ प्रतिशत बोनस सेयर दिने घोषणा

२८ भाद्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

यस्तै कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश पनि दिन निर्णय गरेको छ । उक्त लाभांश नियामक बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुने कम्पनीले जनाएको छ ।

गत वर्ष कम्पनीले १९ प्रतिशत  बोनस सेयर र कर तिर्न १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: