काठमाडौं । एउटा पांग्रा फेर्न नसक्दा नेपाल वायुसेवा निगमको जहाज त्रिभुवन विमानस्थलमै रोकिएको छ । बुधबार दिउँसो १ः२५ बजे दिल्ली जाने तयारीमा रहेका नेपाल एयरलाइन्सको वाइडबडी ए ३३० जहाज एउटा पांग्रा फेर्न नसक्दा विमानस्थलमै रोकिएको हो ।
विमान रोकिएपछि काठमाडौंबाट दिल्ली जाने तयारीमा रहेका २ सय १५ जना यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् । त्यस्तै, सोही जहाजमा दिल्लीबाट काठमाडौं आउन पर्खिरहेका २ सय ७० जना यात्रु दिल्ली एयरपोर्टमै अलपत्र परेका छन् ।
‘नियमित रुपमा परिवर्तन गर्नुपर्ने पछाडीको पांग्रा फेर्न नसकेपछि हवाई उडान क्यान्सिल भएको हो’, निगमका एक अधिकारीले भने, ‘समस्या समाधानका लागि प्रयास गरिरहेका छौँ, छिट्टै समाधान हुन्छ ।’ तत्कालका लागि विमानस्थलमै यात्रु व्यवस्थापन गरेको भएपनि दिल्लीबाट तेस्रो देश जानुपर्ने यात्रुहरु समस्यामा परेका छन् । निगमको एक न्यारोबडी जहाज ए३२० जहाज एक महिनादेखि मर्मतका लागि ग्राउण्डेड अवस्थामा छ । जसले गर्दा निगमले आकस्मिक अवस्थामा उडान व्यवस्थापन मिलाउन सकेको छैन ।
यसभन्दा अघि पनि कार्गो होलमा धुँवा देखिएपछि नेपाल एयरलाइन्सको वाइडबडी आर ए ४३३ उडान भरेको आधा घण्टामै फर्किएको थियो । बुधबार राती १८४ जना यात्रु बोकेर जापानको नारिताका लागि उडेको जहाज राती नै त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्