×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल लाइफ इन्स्योरेन्सले सुरु गर्यो डाईनामिक क्युआर पेमेन्ट सिस्टम

काठमाडौँ । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई-सेवासँगको सहकार्यमा डाईनामिक क्युआर पेमेन्ट सिस्टम संचालनमा ल्याएको छ । आइतबार इन्स्योरेन्स कम्पनीको काठमाडौँ शाखामा आयोजित एक विषेश समारोहकका बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले रिबन काटेर उक्त सेवाको शुभारम्भ गरेका थिए ।

नेसनल सेल्स हेड उमापति पोखरेलले डाईनामिक क्युआरको माध्यमबाट आफ्नो तथा आफ्नो परिवारको प्रिमियम भुक्तानी गरि सेवाको सुचारु गरेका हुन् । यो सेवा सुचारुका साथै नेपाल लाइफ इन्स्योरेन्स डाईनामिक क्युआर पेमेन्ट सिस्टम सेवा उपलब्ध गराउने नेपालकै पहिलो र एक मात्र जीवन बीमा कम्पनी भएको दावी गरेको छ । अब नेपाल लाइफका देशै भरिका शाखा तथा उपशाखाहरूबाट डाईनामिक क्युआरको माध्यमबाट भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पराजुलीले आधुनिक प्रविधिको प्रयोगबाट ग्राहकलाई सहज, सरल सेवा उपलब्ध गराउन कम्पनी लागि परेको र आउने दिनहरुमा पनि डिजिटल रुपान्तरणको अभ्यासलाई जारी राख्ने कम्पनीले जनाएको छ । डाईनामिक क्युआर पेमेन्ट सिस्टमको माध्यमबाट रु २ लाख सम्मको भुक्तानी ६० भन्दा बढी बैंक, सहकारी, लघुवित्त तथा मोबाइल वालेट एप्लिकेसनद्वारा सहजै गर्न सकिने छ । हरेक ग्राहकको लागि फरक फरक क्युआर बन्ने र भुक्तानी गर्नसाथ आफै सिस्टममा अपडेट हुने यसको विशेषता हो ।

कार्यकममा नेपाल लाइफका कर्मचारी, अभिकर्ता र ग्राहकहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै ई-सेवाका प्रबन्धक आशिष गौतमले नेपालकै सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्समा यो सेवाको शुभारम्भ गर्न पाएकोमा कम्पनी प्रति कृतज्ञता जाहेर गरेका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: