काठमाडौं । दशैं बिदाको अवधिमा बैंकिङ प्रणालीमा तरलताका कारण आउनसक्ने समस्यालाई मध्यनजर गर्दै तरलता व्यवस्थापन गर्नका लागि नेपाल राष्ट्र बैंकले खुला बजार कारोबार विनियमावली २०७८ संशोधन गर्ने भएको छ । मौद्रिक नीतिमा उल्लेख भएको खुला बजार कारोबार स्थिरिकरण कोषको व्यवस्था गर्ने गरी राष्ट्र बैंकले विनियमावलीमा समावेश गर्ने तयारी गरेको छ ।
यस्तै दैनिक तरलता सुविधालाई ओभरनाइट बनाउने बताएको केन्द्रीय बैंकले स्थायी तरलता सुविधा सरकारी ऋणपत्रको धितोमा बैंकहरुले लिंदै आएकोमा त्यसमा कडाइ गरेर अघिल्लो साताको अन्त्यमा कायम स्वदेशी निक्षेपको १ प्रतिशत मात्रै दिने व्यवस्था मौद्रिक नीतिमा गर्यो । यस्तै एलएलएफको अवधि पनि ७ दिनबाट घटाएर ५ दिनमा झार्ने निर्णय गरेको छ ।
उक्त व्यवस्था कार्यान्वयनमा गइसकेको छैन । सोही व्यवस्थालाई कार्यान्वयन विद्यमान कार्यविधिमा आवश्यक संशोधन गर्ने मौद्रिक नीतिमा उल्लेख थियो । त्यसलाई कार्यान्वयन गर्नेगरी संशोधन हुन लागेको विनियमावलीले दशैंमा तरलता व्यवस्थापन गर्नेबाट पनि खोल्ने राष्ट्र बैंकले जनाएको छ ।
हाल ७ दिनको एसलएलएफ सुविधा भएपनि दशैंमा शनिबार समेत लगातार ८ दिन बिदा रहेको छ । जसले गर्दा केन्द्रीय बैंक दशैं अगाडि नै हतारमा विनियमावली संशोधनमा जुटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्