×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

असोजको पहिलो सातादेखि शुक्रबारको सेयर कारोबार बन्द हुँदै, अब हप्ताको पाँच दिनमात्रै कारोबार हुने

काठमाडौं । असोजको पहिलो सातादेखि शुक्रबारको सेयर कारोबार बन्द हुने भएको छ । लामो समयदेखि चर्चामा रहेको शुक्रबारको कारोबारका विषयमा निश्कर्ष निकाल्दै नेप्सेले शुक्रबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो । आइतबार बसेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को संचालक समितिको बैठकले शुक्रबारको कारोबार बन्द गर्ने निर्णय गरेको नेप्सेका सीईओ कृष्ण बहादुर कार्कीले बताएका छन् ।

यसअघि नेपाल धितोपत्र बोर्डले शुक्रबारको सेयर कारोबार बन्द गर्नका लागि नेप्सेलाई मौखिक निर्देशन दिएको थियो । तर, नेप्सेको संचालक समितिले सो प्रस्तावलाई स्वीकृत गरेन । त्यसपछि लगानीकर्ताले नेप्सेमै पुगेर शुक्रबारको कारोबार बन्द गर्न निखित रुपमै माग गरेपछि सो प्रस्ताव संचालक समितिमा पुनः लगिएको थियो । हाल नेप्सेको संचालक समितिले सो प्रस्ताव स्वीकार गर्दै शुक्रबारको कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

लगानीकर्ताको माग, नियामकको सुझाव र सिस्टमको आवश्यकतालाई ध्यानमा राख्दै शुक्रबारको कारोबार बन्द गर्ने निर्णय गरेको सीईको कार्कीले बताए । ‘हामीकहाँ लगानीकर्ताले शुक्रबारको कारोबार बन्द गर्न लिखित रुपमा माग समेत गरेका थिए । नियामकले पनि मौखिम निर्देशन दिएको थियो । सिस्टमलाई पनि मेन्टिनेन्सका लागि समय चाहिने हुँदा शुक्रबारको कारोबार बन्द गर्ने निर्णय गरेका हौँ ।’ सीईओ कार्कीले भने –‘असोजको पहिलो शुक्रबारदेखि नै सेयर कारोबार बन्द हुन्छ । अबदेखि पुरानो व्यवस्था अनुसार नै सातामा ५ दिनमात्र सेयर कारोबार हुनेछ ।’

सरकारले जेठ १ गतेदेखि लागु हुनेगरी शनिबार र आइतबार साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले शुक्रबार पनि सेयर कारोबार खोल्ने निर्णय गरेको थियो । पछि विदा खारेज भएपछी नेप्सेले शुक्रबार केहि समयका लागि बजार खोल्ने निर्णय गरेको थियो । हालसम्म साताको ६ दिन सेयर कारोबार हुँदै आएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: