×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा आजबाट शुक्रबार कारोबार नहुने !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार

PRIME CA
laxmi sunrise bank

नेप्सेमा आजबाट शुक्रबार कारोबार नहुने !

काठमाडौं । नेप्सेमा आजबाट शुक्रबार कारोबार नहुने भएको छ ।  आज इन्द्र जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक विदा दिएपछि शुक्रबार सेयर कारोबार नुहने भएको हो भने अर्को सातादेखि शुक्रबार कारोबार नगर्नेगरी नेप्सेले निर्णय गरिसकेको छ । अर्थात गत शुक्रबारको कारोबार नै अन्तिम शुक्रबारको कारोबार भएको छ ।

आज बन्द भएको सेयर कारोबार अव आइतबार ११ बजे खुल्नेछ ।

यसअघि सरकारले शनिबार र आइतबार सार्वजनिक विदा दिने भएपछि नेप्सेले शुक्रबार पनि कारोबार सुरु गरेको थियो । पछि सरकारले आइतबारको बिदा खारेज गरेपनि नेप्सेले भने शुक्रबारको कारोबारको समय घटाए पनि बन्द गरेको थिएन । पछि चौतर्फी रुपमा शुक्रबारको कारोबार बन्द गर्न नेप्सेलाई दबाब आएपछि नेप्सेले यस विषयमा निर्णय गरेर शुक्रबारको कारोबार बन्द गरेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: