काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट साटन् सुरु गरेको छ । दशैँ, तिहार तथा छठपर्वलाई लक्षित गर्दै बुधबारदेखि राष्ट्र बैंकले नयाँ नोट साट्न सुरु गरेको हो ।
भदौ २९ गते (बुधबार) बाट राष्ट्र बैंकको केन्द्रीय कार्यालयले नयाँ नोट वितरण गर्न सुरु गरेको छ भने असोज २ गतेपछि उपत्यका बाहिर पनि नयाँ नोटको सटही सुरु हुने नेपाल राष्ट्र बैंकका मुद्रा विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताएका छन् ।
यो सँगै बुधबार नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा नयाँ नोट साट्ने सर्वसाधारणको उपस्थिति बाक्लो थियो । राष्ट्र बैंकले सर्वसाधारणलाई प्रतिव्यक्ति १८ हजार ५ सय रुपैँया बराबरको नयाँ नोट सहटी गरिरहेको छ ।
राष्ट्र बैंकले वितरण गर्ने नयाँ नोट बैंकको प्रादेशिक कार्यालय तथा बैंक तथा वित्तीय संस्थाबाट पनि साट्न सकिनेछ । नयाँ नोट साट्न सुरु गरेसँगै नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा उत्साहसँगै सर्वसाधारणले नयाँ नोट सटही गरिरहेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्