Skip to content
LAXMI SUNRISE BANK

‘राष्ट्र बैंकको फुटपाथ साखा…!’ (फोटो फिचर / भिडियो रिपोर्ट)

काठमाडौँ । दशैँको अवसरमा नेपाल राष्ट्र बैंकले नयाँ नोट सटहीको सुविधा दिने गरेको छ । राष्ट्र बैंकमात्र होइन विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले पनि यस्तो नयाँ नोट्को सटही सुविधा दिने गर्छन् । तर रास्ट्र बैंक होस वा अरु बैंक, गड्डी फुकायेर नागरिकले चाहेजती रकम सटहीको सुविधा कतै नभएकाले यसरी खुद्रा रकम मात्र सटही गर्न चाहानेहरु बाध्य भएर मोटो कमिसन तिरेर नोट सटही गर्न बाध्य छन् ।

राष्ट्र बैंकले गड्डी नफुकाउने हुनाले यसरी नोट साट्ने र सटही सुविधा दिएर चर्को रकम असुल्नेहरुको बढेका छन् । काठमाडौंको रत्नपार्क लगायतका ठाउँमा यसरी नोट साट्नेहरु भेटिने गरेका छन् । यसरी नोट साट्नेले १०० रुपैँया साटेको ५ रुपैयाँ देखि २० रुपैयाँसम्म लिने गरेका छन् । जवकिन नोट साट्न पैसा पर्छ, न देशमा नोट खरिद बिक्रीको कुनै कानुन छ ।

तर नेपाल बैंकको गरिबमैत्री नीतिको अभावमा बर्षौँदेखी काठमाडौंका चोक, र गल्लीहरुमा यस्तो व्यापार चली नै रहेको छ ।

यसो त नोटको गड्डी फुकायेर नोट साट्न दिने काम व्यवहारिक नहुने बैंकरहरुको तर्क छ । तर गाउँ-गाउँ पुगेका वैंकका साखाहरुबाट यस्तो सुविधा दिए सबैलाई फाइदा हुने तर्क जानकारहरुको छ ।

र त अहिले सामाजिक संजालमा पनि गल्ली गल्लीमा हुने यस्तो व्यापारलाई बैंकका ग्राहकहरुले राष्ट्र बैंकको फुटपाथ साखा भनेर व्यंग्य गरिरहेका छन् । सम्बन्धित निकायले यश तर्फ ध्यान दिन जरुरी देखिएको छ  । बाँकी फोटो र भिडियो रिपोर्टमा हेर्नुहोस् :


Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK