×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्थायी तरलताको म्याद लम्बियो, विदाको समयमा सापटी फिर्ता गर्नु नपर्ने केन्द्रीय बैंकको व्यवस्था (यस्तो छ सूचना)

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधाको सापटी अवधि ७ दिन वा सो भन्दा लामो विदा परे कार्यालय नखुलुन्जेलसम्मका लागि लम्ब्याएको छ । दशैं बिदामा तरलता समस्या नहोस् भनेर बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि संशोधन गर्दै उक्त व्यवस्था गरेको केन्द्रीय बैंकले जनाएको छ ।

१२ असोजको निर्णयअनुसार नेपाल राष्ट्र बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ को परिच्छेद-१५ स्थायी तरलता सुविधा सम्बन्धी व्यवस्थाको बुँदा नम्बर ४९ (६) मा रहेको व्यवस्थालाई संशोधन गर्दै उक्त व्यवस्था जनाएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिले अधिकतम ५ दिनको लागि मात्रै स्थायी तरलता सुविधा उपलब्ध गराउने व्यवस्था गरेको थियो । तर, बिहीबार बैंकले एक सूचना जारी गर्दै सो व्यवस्था परिमार्जन गरेको हो । ‘स्थायी तरलता सुविधाको भुक्तानी अवधि अधिकतम ७ दिन वा सोभन्दा बढी अवधिको सार्वजनिक विदा परेको अवस्थामा यस्तो अवधि विदाप्रश्चात कार्यालय खुल्ने दिनसम्मका लागि कायम गर्न बाधा पुगेको मानिने छैन ।’ -सूचनामा उल्लेख गरिएको छ ।

दशैँमा ७ दिनभन्दा बढी सार्वजानिक विदा परेकोले पनि केन्द्रिय बैंकले विदाको समयमा उक्त सापटी फिर्ता गर्नु नपर्ने व्यवस्था गरेको हो । यसले बैंकहरुलाई तरलता व्यवस्थापनमा केही सहज हुने छ । यस्तो छ सूचना:

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: