×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मूल्य बढाए पनि आयल निगम घाटामा, समायोजन नगरे चाडपर्वमा भाडा बढ्ने पक्का, मर्कामा सर्वसाधारण !

PRIME CA
GLOBAL IME BANK

मूल्य बढाए पनि आयल निगम घाटामा, समायोजन नगरे चाडपर्वमा भाडा बढ्ने पक्का, मर्कामा सर्वसाधारण !

१८ भाद्र २०७९, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दा पनि नेपाल आयल निगम घाटामा देखिएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरे पनि घाटामा रहेको निगमले जनाएको छ ।

मूल्यवृद्धि गर्दा पनि निगम अझै मासिक ६१ करोड घाटामा रहेको छ । नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासमा अझै प्रतिसिलिण्डर ३७८ रुपैयाँ ७ पैसा तथा डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १८ पैसा घाटा रहेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् । यस्तै पेट्रोलियम पदार्थ खरिद बापतको करिब २१ अर्ब आईओसीलाई तिर्न बाँकी रहेको पनि निगमले जनाएको छ ।

भारतबाट हरेक १५ दिनमा आउने मूल्य सूची अनुसार नेपालले पनि इन्धनको मूल्य समायोजन गर्दै आएको छ । तर पछिल्लो तीन पटकसम्म मूल्य घटेर आउँदा पनि समायोजन नगरेको आयल निगमले यसपटक भने मूल्य बढेर आउँदा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै चर्को विरोध भईरहेको छ ।

चाडपर्वको मुखमा निगमले डिजेल मट्टितेलको मूल्य वृद्धि गर्दा सर्वसाधारण मर्कामा परेका छन् । निगमको मूल्य समायोजनसँगै यातायात व्यवसायीहरु पनि मूल्य वृद्धि गर्ने तयारीमा देखिन्छन् । चाडपर्वको मुखमा यातायात व्यवसायीहरुले मूल्य बढाए झनै समस्यामा पर्ने भन्दै मूल्य घटाउनका लागि विभिन्न संगठनहरुले प्रदर्शनसमेत गर्दै आएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: