×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

खानीको दुरुपयोग गरेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्धा चलाएका मुरारकालाई सरकारले गर्यो सम्मान !

काठमाडौँ । भ्रष्टाचार मुद्धा खेपिरहेका उद्योगी पशुपति मुरारकाले सरकारी सम्मान पाएका छन् । केहि समय अघि अवैध रुपमा खानी उत्खनन गरेको भन्दै उनलाई अख्तियारले मुद्धा चलाएको थियो ।

अहिले पनि सो मुद्धा अदालतमा विचाराधीन छ । तर उनै मुरारकालाई संविधान दिवस २०७९ का अवसरमा सरकारले सम्मान गरेको हो ।

सुकिर्तिमय राष्ट्रदीप पदकबाट उद्योगी मुरारका सम्मानित भएका हुन् । मुरारका नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष हुन् ।

राष्ट्रपतिबाट हरेक वर्ष संविधान दिवसका दिन विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई मानपदवी घोषणा गरिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: