×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पिपुल्स हाइड्रोपावरले आयोजना प्रभावितका लागि आइपिओ बिक्री गर्ने, कहिलेदेखि दिन पाईन्छ आवेदन ?

PRIME CA
GLOBAL IME BANK

पिपुल्स हाइड्रोपावरले आयोजना प्रभावितका लागि आइपिओ बिक्री गर्ने, कहिलेदेखि दिन पाईन्छ आवेदन ?

२३ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । पिपुल्स हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि भदौ ३१ गतेबाट आइपीओ बिक्री गर्ने भएको हो । कम्पनीले ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७ का स्थानीय बासिन्दाहरुका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ । यस्तै, लमजुङ जिल्लाका स्थानीय बासिन्दाहरुले ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता सेयरमा आवेदन दिन सक्नेछन् । उक्त आइपिओमा  सानिमा क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्ने भएको छ ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आइपीओमा छिटोमा असोज १४ गतेसम्म र ढीलोमा असोज ३० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । रेटिङ एजेन्सी कियर नेपालले पिपुल्सको आइपीओलाई ‘कियर एनपी रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँछ ।

स्थानीय बासिन्दाले  ग्लोबल आइएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउन्टरबाट आवेदन दिन सक्नेछन् । त्यसैगरि एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: