×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकद्धारा संस्थापक सेयर बिक्रीमा, इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रभु बैंकद्धारा संस्थापक सेयर बिक्रीमा, इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनुपर्ने

Artha Sarokar

२४ भाद्र २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक सेयरधनीहरुले आज भदौ २४ गते शुक्रबारदेखि आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएका हुन् । बैंकका २ जना संस्थापक सेयरधनीहरुले १ लाख १२ हजार २ सय २४ कित्ता संस्थापक सेयर बिक्री गर्ने लागेका हुन् ।

बैंकका संस्थापक सेयरधनी राजेश कुमार अग्रवाले ५६ हजार ११२ र श्रवण कुमार अग्रवाले ५६ हजार ११२ कित्ता सेयर बिक्रीमा ल्याएका छन् । प्रतिकित्ता सेयरको मूल्य १८० रुपैयाँ तोकिएको छ । उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । उक्त समयभित्र संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी