×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राधी विद्युत कम्पनीले बुधबारदेखि हकप्रद सेयर बिक्री गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

PRIME CA

राधी विद्युत कम्पनीले बुधबारदेखि हकप्रद सेयर बिक्री गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

४ आश्विन २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । राधी विद्युत कम्पनीले हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले असोज ५ गते  बुधबारबाट १ बराबर १ दशमलब ४७ प्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ९५ लाख ३५ हजार ७ सय ६०.९९ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । राधीले हकप्रद सेयर बिक्रीका लागि भदौ १२ गते बुक क्लोज गरिसकेको छ । भदौ ११ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

उक्त हकप्रद सेयरमा असोज २५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर र लमजुङको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ । हाल राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ भन्दा बढी रहेको छ भने हकप्रद बिक्रीपछि पुँजी करिब १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: