×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असोज ५ गतेदेखि राधी विद्युत कम्पनीले ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद बिक्री गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

असोज ५ गतेदेखि राधी विद्युत कम्पनीले ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद बिक्री गर्ने

Artha Sarokar

१६ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राधी विद्युत कम्पनीले असोज ५ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः१.४७५२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । राधीले हकप्रद सेयर बिक्रीका लागि भदौ १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, भदौ ११ गतेसम्म कायम रहने सेयरधनीले कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद सेयरमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । हाल राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ भन्दा बढी रहेको छ भने हकप्रद बिक्रीपछि पुँजी करिब १ अर्ब ६० करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धकको काम गर्ने भएको छ ।

हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर र लमजुङको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी