×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राष्ट्रिय परिचयपत्र लिन अन्तराष्ट्रिय सास्ती, नागरिक भोकभोकै लाइनमा, हाकिम भन्छन् -‘सिष्टम चल्दैन’ (फोटो-कथा)

काठमाडौं । तीन दिनदेखिको ‘सिस्टम डाउन’को समस्याले दिक्क भएका नागरिक मंगलबार पनि सिस्टम चल्ने आशमै राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको दैलो कुरिरहे । रातीको २ बजेदेखि परिचयपत्र पाउने आशमा बसेका सेवाग्राही मध्यान्नको १२ बज्दासम्म पनि आशमै बसिरहेका थिए । तर, सिस्टम चल्ने र परिचयपत्र पाउने कुरामा भने अझै अन्यौलता थियो ।

विभागका कर्मचारी कार्यालयमा काम गरेजस्तो गरिरहेका थिए भने सेवाग्राही सिस्टम चल्यो भन्ने खबर सुन्न प्रतिक्षारत थिए । विभागको अगाडी नागरिकहरु हातमा परिचयपत्रको फारम बोकेर कुरिरहेका थिए । कोही साना–साना बच्चा समातेरै कुरेका थिए भने वृद्धवृद्धा पनि परिचयपत्र पाउने आशमै पर्खन बाध्य थिए ।

‘न सिस्टम बन्यो भन्ने सुन्न पाईन्छ, न यतिबेलासम्म बन्छ भन्ने जवाफ दिन्छन्’, विभागमा पुगेका एक सेवाग्राहीले अर्थ सरोकारसँग भने -‘तीन दिनदेखि झुलाएर राखिएको छ । अझै कति सास्ती खेप्नुपर्ने हो ? थाहा छैन ।’ यता कार्यालयका कर्मचारीहरुले भने सिस्टमको समस्याका कारण काम रोकिएको तर्क प्रस्तुत गरेका छन् ।

सेवाग्राहीको गुनासो बढ्न थालेपछि हामीले विभागमै पुगेर सेवाग्राहीको सास्ती र विभागको लापरवाहीलाई तस्विरमा कैद गर्ने प्रयास गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: