Skip to content
LAXMI SUNRISE BANK

चौतर्फी विरोधपछि सरकारले सच्यायो विवादित वस्तुको कर, स्यानिटरी प्याडको कच्चा पदार्थ आयातमा अन्तःशुल्क नलाग्ने

अर्थ सरोकार

काठमाडौं । सरकारले विवादित तिन वस्तुको करका दायरा हेरफेर गरेको छ । आर्थिक वर्ष २०७९-८० को बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै भएको लामो विवाद र व्यवसायीको विरोध पछि सरकारले तिन वस्तुको करका दायरा संसोधन गरेको हो ।

सोमबार बसेको क्याबिनेटको बैठकले विवादित जीआई वायर रड, घ्यु, तेल र यसका दाना एवं स्यानिटरी प्याडको कच्चा पदार्थको भन्सार दर तथा अन्तःशुल्क घटाउने निर्णय गरेको हो । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले जीआई वायर रडको भन्सार महसुल १० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा ल्याइएको जनाएको छ ।

यस्तै जीआई वायरमा लाग्दै आएको अन्तःशुल्क पनि घटाइएको छ । जीआई वायरमा लाग्दै आको यस्तो शुल्क ३ हजार ५ सय रुपैयाँबाट घटाएर २ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । यो सँगै अव स्यानिटरी प्याडको कच्चा पदार्थ औद्योगिक प्रयोजनका लागि आयात गर्दा अन्तःशुल्क नलाग्ने भएको छ ।

यस्तै पाम, सूर्यमुखी र भटमासको कच्चा तेल आयात गर्दा भन्सार महसुलमा ९० प्रतिशत छुट दिइएको छ । सूर्यमुखी, भटमास, तोरी, रायो, सर्स्युं लगायतका वस्तुको गेडा नै आयात गर्दा यस अघि ५० प्रतिशत रहेको भन्सार छुटलाई बढाएर ९० प्रतिशत पुर्याइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK