काठमाडौं । निर्वाचन आयोगको आदेश अटेर गर्दै सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । निर्वाचनको समय भएको कर्मचारीको सरुवा गर्न नपाइने भन्ने आयोगको निर्देशन विपरित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २९ जना सहसचिवको सरुवा गरेको हो ।
‘मंसिर ४ गते आम निर्वाचनको मिति तय भएको छ । मन्त्रीस्तरीय निर्णय गर्दै कर्मचारीको सरुवा गरेका हौँ’, मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘हुनत निर्वाचन आयोगको निर्देशन अनुसार यो गलत नै हो, निर्वाचन आयोगले कर्मचारी सरुवामा २० गतेदेखि नै रोक लगाएको थियो ।’
निर्वाचन आयोगले मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन प्रभावित हुने भन्दै भदौ २० गतेदेखि कर्मचारी सरुवामा रोक लगाएको छ । तर, आयोगको निर्देशन विपरित सामान्य प्रशासन र गृह मन्त्रालयले सरुवा गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । सरुवा भएका सहसचिवको विवरणः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्