×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकको १९ हजार ७१० कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सांग्रिला डेभलपमेन्ट बैंकको १९ हजार ७१० कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

Artha Sarokar

१२ आश्विन २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आज असोज १२ गते बुधबारबाट संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १९ हजार ७ सय १० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बैंकका संस्थापक सेयरधनी नवराज बजगाईले आफ्नो स्वामित्वमा रहेको १९ हजार ७१० कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । उक्त संस्थापक सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले बुधबारबाट ३५ दिनभित्र बैंकको मुख्य कार्यालय बालुवाटार, काठमाडौमा खरिद गर्न चाहेको कित्ता खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी