काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ६.४१ अंकले बढेर १८३७.४६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२१ कम्पनीको १३ लाख ७० हजार ४ सय ७७ कित्ता सेयर खरिद बिक्री हुँदा ४८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार न्याशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको भएको छ । यस कम्पनीको ४ करोड ७५ लाख ९७ हजार ८ सय ४५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बुधबारको सेयर बजारमा मन्दाकिनी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा अभियान लघुवित्त वित्तिय संस्था, सपोर्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था, न्यादी हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर र विजया लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार न्याशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको भएको छ । यस कम्पनीको ४ करोड ७५ लाख ९७ हजार ८ सय ४५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक लिमिटेड, रिडी पावर कम्पनी, हिमालयन डिस्टिलरी, नेपाल दूरसंचार कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा ग्लोबल आइएमइ ब्यालेन्स फण्ड- १ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । ग्लोबल आइएमइ ब्यालेन्स फण्ड- १ को सेयरमा यस्तो गिरावट आउँदा राप्ती हाईड्रो एण्ड जेनेरल कन्स्ट्रक्सन, हिमालयन पावर पार्टनर, बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट, एभरेस्ट बैंक लिमिटेड र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम-२ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्