काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १६.२९ अंकले बढेर १८५३.७६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२३ कम्पनीको १७ लाख ९१ हजार ४ सय ८० कित्ता सेयर खरिद बिक्री हुँदा ६३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ४ करोड ४८ लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बिहीबारको सेयर बजारमा अभियान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा गुराँस लघुवित्त वित्तिय संस्था, समित लघुवित्त वित्तिय संस्था, नबिल ब्यालेन्स फण्ड -३, जनउत्थान लघुवित्त वित्तिय संस्था र सिटिजन बैंक इन्टरन्यास्नलका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ४ करोड ४८ लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक लिमिटेड, नेपाल दूरसंचार कम्पनी, रिडी पावर कम्पनी, हिमालयन डिस्टिलरी, एनआइसी एशिया बैंक र नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा समिलंग पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । समिलंग पावरको सेयरमा यस्तो गिरावट आउँदा हिमालयन पावर पार्टनर, हिमालयन पावर पार्टनर, पञ्चकन्या माई हाइड्रोपावर, युनाईटेड मोदी हाइड्रोपावर र ग्रिन डेभलपमेन्ट बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्