×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झिनो अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब ३८ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

झिनो अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब ३८ करोडमाथिको कारोबार

Artha Sarokar

१६ भाद्र २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पाचौँ दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १.०८ अंकले घटेर १९७२.२९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२५ कम्पनीको ३९ लाख ५५ हजार ८ सय ८६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३८ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको १२ करोड २७ लाख ०५ हजार ६ सय ५६ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बिहीबारको सेयर बजारमा हिमालयन एभरेस्ट इन्स्योरेन्सका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा अपर हेवा खोला हाईड्रोपावर, महुली लघुवित्त वित्तिय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स र लिबर्टी एनेर्जी कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको १२ करोड २७ लाख ०५ हजार ६ सय ५६ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन एभरेस्ट इन्स्योरेन्स, नेस्डो सम्बृद्ध लघुवित्त, रिडी पावर कम्पनी, अरुण काबेली पावर र नबिल बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा राप्ती हाईड्रो एण्ड जेनेरल कन्सट्रकशनका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो । राप्तीको सेयरमा यस्तो गिरावट आउँदा गणपति लघुवित्त वित्तिय संस्था, मैलुंग खोला जल विद्युत, एनआइबिएल सम्वृद्धि फण्ड-२ , नेपाल रिइन्स्योरेन्स कम्पनी र सिभिल लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी