काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १.६७ अंकले घटेर १९७०.६२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार शुक्रबार कुल २१९ कम्पनीको १८ लाख ०१ हजार २ सय ७३ कित्ता सेयर खरिद बिक्री हुँदा ६९ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको १० करोड ०४ लाख ९८ हजार ८ सय ४८ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी शुक्रबारको सेयर बजारमा सपोर्ट माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा रुरु जलविद्युत परियोजना, सामुदायिक लघुवित्त वित्तिय संस्था, मानुषी लघुवित्त वित्तिय संस्था, अपर हेवाखोला हाईड्रोपावर कम्पनी र चिलिमे हाईड्रोपावर कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको १० करोड ०४ लाख ९८ हजार ८ सय ४८ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक लिमिटेड, अरुण काबेली पावर, रिडी पावर कम्पनी, शिवम् सिमेन्ट र सोल्टी होटल लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै शुक्रबारको सेयर बजारमा सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम -२ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । सिद्धार्थको सेयरमा यस्तो गिरावट आउँदा बुद्ध भुमि नेपाल हाईड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, महुली लघुवित्त वित्तिय संस्था, नारायणी डेभलपमेन्ट बैंक र दोर्दी खोला जलविद्युत कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्