काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक ६.६८ अंकले बढेर १९७७.३० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२७ कम्पनीको २८ लाख ७६ हजार २ सय ८८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको ८ करोड ९१ लाख ८ सय ६४ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी आइतबारको सेयर बजारमा रुरु जलविद्युत कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा हिमालयन एभरेस्ट इन्स्योरेन्स, जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, युनाइटेड इन्स्योरेन्स, अपर हेवाखोला हाईड्रोपावर कम्पनी र स्वेत गंगा हाईड्रोपावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको ८ करोड ९१ लाख ८ सय ६४ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नेपाल दुरसंचार कम्पनी, नबिल बैंक लिमिटेड, हिमालयन एभरेस्ट इन्स्योरेन्स, हिमालयन डिष्टिलरी र नेस्डो सम्बृद्ध लघुवित्त वित्तिय संस्थाको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशत भन्दा धेरैले घटेको हो । सपोर्टको सेयरमा यस्तो गिरावट आउँदा सोल्टी होटल, नेपाल दुरसंचार कम्पनी, महुली लघुवित्त वित्तिय संस्था, राधि विद्युत कम्पनी र ८.५ % नबिल इन्भेस्टमेन्ट बैंक डेभेन्चरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्