काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ४.२९ अंकले घटेर १९७३.०१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२४ कम्पनीको २४ लाख ४४ हजार ३ सय ४४ कित्ता सेयर खरिद बिक्री हुँदा ९० करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको ९ करोड ९६ लाख ९४ हजार ७ सय २१ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी सोमबारको सेयर बजारमा मैलुंग खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ७ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा हिमालयन एभरेस्ट इन्स्योरेन्स, रिडी पावर कम्पनी, अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनी, ग्रिन भेन्चर लिमिटेड र सहस उर्जा लिमिटेडका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको ९ करोड ९६ लाख ९४ हजार ७ सय २१ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन एभरेस्ट इन्स्योरेन्स, नबिल बैंक लिमिटेड, नेस्डो सम्बृद्ध लघुवित्त वित्तिय संस्था, नेपाल दूरसंचार कम्पनी र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा रुरु जलविद्युत परियोजनाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । रुरुको सेयरमा यस्तो गिरावट आउँदा आशा लघुवित्त वित्तिय संस्था, जोशी हाइड्रोपावर डेभलपमेन्ट, एनएमबि हाईब्रिड फण्ड एल-१, ओरियन्टल होटल र इमर्जिङ्ग नेपाल लिमिटेडमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्