काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १.०८ अंकले घटेर १९५१.७९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२७ कम्पनीको ३२ लाख ९ हजार ९ सय ८३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन एभरेस्ट इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ९ करोड १४ लाख १८ हजार ७ सय २६ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी मंगलबारको सेयर बजारमा उन्नति सहकार्य लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा एनएमबि हाईब्रिड फण्ड एल-१, सामुदायिक लघुवित्त वित्तिय संस्था, मन्दाकिनी हाइड्रोपावर लिमिटेड, एनआइसी एशिया ग्रोथ फण्ड र नबिल इक्युटि फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन एभरेस्ट इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ९ करोड १४ लाख १८ हजार ७ सय २६ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, नबिल बैंक लिमिटेड, सानिमा माई हाइड्रोपावर, नबिल बैंक लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा सानिमा माई हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । सानिमाको सेयरमा यस्तो गिरावट आउँदा हिमालयन एभरेस्ट इन्स्योरेन्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट, रुरु जलविद्युत परियोजना, रिभर फल्स पावर र विन नेपाल लघुवित्तमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्