×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ११.९७ अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बुधबार ११.९७ अंकले घट्यो नेप्से परिसूचक

Artha Sarokar

२२ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ११.९७ अंकले घटेर १९३९.८८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२४ कम्पनीको २९ लाख ४३ हजार ७ सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा ८२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको ५ करोड १५ लाख ६० हजार २ सय ९९ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बुधबारको सेयर बजारमा सनराइज फस्ट म्युचल फण्डका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ७ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा अपर हेवाखोला हाइड्रोपावर, लक्ष्मी उन्नति कोष, सानिमा लार्ज क्याप फण्ड, एनआइसी एशिया ग्रोथ फण्ड र सिटिजन्स म्युचल फण्ड-१ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको ५ करोड १५ लाख ६० हजार २ सय ९९ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन एभरेस्ट इन्स्योरेन्स, रिडी पावर कम्पनी, नेस्डो सम्वृद्ध लघुवित्त वित्तिय संस्था, नबिल बैंक लिमिटेड र अपि पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा १० % प्राइम डेभेन्चर २०८८ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । प्राइम डेभेन्चरको सेयरमा यस्तो गिरावट आउँदा उन्नति सहकार्य लघुवित्त वित्तिय संस्था, हिमालयन एभरेस्ट इन्स्योरेन्स, ग्रिन भेन्चर्स लिमिटेड, समता घरेलु लघुवित्त वित्तिय संस्था र नबिल इक्युटि फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी