काठमाडौं । साताको कारोबारको पाचौँ दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २.१३ अंकले घटेर १९३७.७४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२७ कम्पनीको ३४ लाख ०१ हजार ७ सय ६२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ०४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन एभरेस्ट इन्स्योरेन्सको भएको छ । यस कम्पनीको १३ करोड १० लाख ४५ हजार ३ सय ६५ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बिहीबारको सेयर बजारमा ग्लोबल आइएमई लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ४ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा मल्टि पर्पोज फाइनान्स कम्पनी, १०.२५ % ग्लोबल आइएमइ बैंक लिमिटेड २०८०/८१, छ्याँग्दी हाइड्रोपावर लिमिटेड, विन्दाबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र नेपाल हाइड्रो देभ्लपर्स लिमिटेडका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन एभरेस्ट इन्स्योरेन्सको भएको छ । यस कम्पनीको १३ करोड १० लाख ४५ हजार ३ सय ६५ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, नबिल बैंक लिमिटेड, प्राइम कमर्सिअल बैंक, एशियन लाइफ इन्स्योरेन्स र हिमालयन डिस्ट्रिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा सामुदायिक लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । सामुदायिक लघुवित्तको सेयरमा यस्तो गिरावट आउँदा अपर हेवाखोला हाइड्रोपावर, १० % प्राईम डेभेन्चर २०८८, एनएमबि हाईब्रिड फण्ड एल-१, ग्रिन डेभलपमेन्ट बैंक र विजया लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्