×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार ११.४६ अंकले घट्यो नेप्से परिसूचक

PRIME CA

आइतबार ११.४६ अंकले घट्यो नेप्से परिसूचक

२६ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ११.४६ अंकले घटेर १९२६.२८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२१ कम्पनीको २५ लाख २४ हजार २ सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा ७४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन एभरेस्ट इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ३ करोड ९५ लाख ७८ हजार ४ सय ७१ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी आइतबारको सेयर बजारमा मैलुंग खोला जल विद्युत कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ४ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा सामुदायिक लघुवित्त वित्तिय संस्था, दोर्दी खोला जल विद्युत कम्पनी, नबिल ब्यालेन्स फण्ड-२, युनिलिभर नेपाल लिमिटेड र शिव श्री हाइड्रोपावर कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन एभरेस्ट इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ३ करोड ९५ लाख ७८ हजार ४ सय ७१ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक लिमिटेड, रिडी पावर कम्पनी, अपि पावर कम्पनी, नेपाल दूरसंचार कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । सानिमाको सेयरमा यस्तो गिरावट आउँदा छ्याँग्दी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, घलेम्दी हाइड्रो लिमिटेड, आशा लघुवित्त वित्तिय संस्था र अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको  सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: