×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार २१.३० अंकले बढ्यो नेप्से परिसूचक

PRIME CA

मंगलबार २१.३० अंकले बढ्यो नेप्से परिसूचक

२८ भाद्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक २१.३० अंकले बढेर १९३४.०४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २३१ कम्पनीको ३१ लाख ४६ हजार ९ सय ९६ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ५ करोड ९४ लाख ८९ हजार २ सय ४५ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी मंगलबारको सेयर बजारमा बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा मैलुंग खोला जल विद्युत, सानिमा लार्ज क्याप फण्ड, युनिभर्सल पावर कम्पनी, रिभर फल्स पावर लिमिटेड र मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ५ करोड ९४ लाख ८९ हजार २ सय ४५ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, हिमालयन एभरेस्ट इन्स्योरेन्स, अरुण काबेली पावर, अपि पावर कम्पनी र हिमालयन डिस्ट्रिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा ८.५ % नेपाल बैंक डेबेन्चर २०८७ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । ८.५ % नेपाल बैंक डेबेन्चरको सेयरमा यस्तो गिरावट आउँदा सामुदायिक लघुवित्त वित्तिय संस्था, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम -२, युनाईटेड आइडिआइ मर्दी आरबि हाइड्रोपावर, नबिल ब्यालेन्स फण्ड -२ र लक्ष्मी इक्युटि फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: