काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ४७.४४ अंकले बढेर १९८१.४८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२७ कम्पनीको ४६ लाख १८ हजार ५ सय १६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड ५१ लाख ६९ हजार ३ सय २८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बुधबारको सेयर बजारमा ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा लिबर्टी एनेर्जी कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, सामुदायिक लघुवित्त वित्तिय संस्था, गोर्खाज फाइनान्स र नेपाल फाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड ५१ लाख ६९ हजार ३ सय २८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा गोर्खाज फाइनान्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स, अपि पावर कम्पनी, हिमालयन डिस्ट्रिलरी र हिमालयन पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा एनआइसी एशिया फ्लेसी क्याप फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । एनआइसी एशिया फ्लेसी क्याप फण्डको सेयरमा यस्तो गिरावट आउँदा एनआइबिएल प्रगति फण्ड, सनराइज फस्ट म्युचल फण्ड, सानिमा लार्ज क्याप फण्ड, मैलुंग खोला जल विद्युत कम्पनी र सिटिजन्स म्युचल फण्ड २ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्