काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक १४.१० अंकले घटेर १९१०.३८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार शुक्रबार कुल २२० कम्पनीको २९ लाख १६ हजार २ सय ७१ कित्ता सेयर खरिद बिक्री हुँदा ९० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको ४ करोड २३ लाख ३२ हजार ६ सय ७७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी शुक्रबारको सेयर बजारमा नबिल ब्यालेन्स फण्ड-२ का लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ७ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी, अपर हेवाखोला हाइड्रोपावर कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेशन, हिमालयन एभरेस्ट इन्स्योरेन्स र उन्नति सहकार्य लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको ४ करोड २३ लाख ३२ हजार ६ सय ७७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिस्ट्रिलरी, नबिल बैंक लिमिटेड, नेपाल लाइफ इन्स्योरेन्स, अपि पावर कम्पनी र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै शुक्रबारको सेयर बजारमा मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । मिर्मिरे माइक्रोफाइनान्सको सेयरमा यस्तो गिरावट आउँदा रिभर फल्स पावर लिमिटेड, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, ग्रिन डेभलपमेन्ट बैंक, एनएमबि ५० र कर्पोरेट डेभलपमेन्ट बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्