काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । शुक्रबारको तुलनामा नेप्से परिसूचक ३३.९७ अंकले घटेर १८७६.४१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२९ कम्पनीको ६२ लाख ९६ हजार ४ सय ४५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार लक्ष्मी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २१ करोड ३८ लाख ४४ हजार १ सय ८२ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी आइतबारको सेयर बजारमा ग्लोबल आइएमइ समुन्नत स्किम-१ का लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ५ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा नेपाल ल्युब आयल लिमिटेड, लक्ष्मी बैंक लिमिटेड, आदर्श लघुवित्त वित्तिय संस्था, एनआइसी एशिया ब्यालेन्स फण्ड र विन नेपाल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार लक्ष्मी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २१ करोड ३८ लाख ४४ हजार १ सय ८२ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा प्रभु बैंक लिमिटेड प्रमोटर सेयर, नेपाल दूरसंचार कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, रिडी पावर कम्पनी र नबिल बैंक लिमिटेडको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा बलेफी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा धेरैले घटेको हो । बलेफीको सेयरमा यस्तो गिरावट आउँदा राप्ती हाइड्रो एण्ड जेनेरल कन्स्ट्रक्सन, दोर्दी खोला जल विद्युत कम्पनी, माउनटेन हाइड्रो नेपाल लिमिटेड, युनाईटेड आइडिआइ मर्दी आरबि हाइड्रोपावर र दिव्यश्वरी हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्