काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३८.८१ अंकले घटेर १८३७.६० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २३१ कम्पनीको ३८ लाख ५६ हजार ५ सय ३८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको ५ करोड ६५ लाख ३३ हजार ८ सय २९ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी मंगलबारको सेयर बजारमा स्वाभिमान लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ३ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा एनएमबि ५०, आदर्श लघुवित्त वित्तिय संस्था, तेर्हथुम पावर कम्पनी, सिभिल लघुवित्त वित्तिय संस्था र सिद्धार्थ इक्युटि फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको ५ करोड ६५ लाख ३३ हजार ८ सय २९ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, नबिल बैंक लिमिटेड, अरुण काबेली पावर, अपि पावर कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा कालिका पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । कालिकाको सेयरमा यस्तो गिरावट आउँदा बरुण हाईड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, सम्वृद्धि फाईनान्स कम्पनी, अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनी र नारायणी डेभलपमेन्ट बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्