×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार ११.१९ अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बुधबार ११.१९ अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

५ आश्विन २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ११.१९ अंकले बढेर १८४८.८० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२६ कम्पनीको २५ लाख ३१ हजार ३ सय ७० कित्ता सेयर खरिद बिक्री हुँदा ७२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ३ करोड ३८ लाख १५ हजार ४ सय ४८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बुधबारको सेयर बजारमा समलिङ्ग पावर कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा समीट लघुवित्त वित्तिय संस्था, मैलुंग खोला जलविद्युत कम्पनी, आरबीबी म्युचल फण्ड-१, गणपति लघुवित्त वित्तिय संस्था र लिबर्टी एनर्जी कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ३ करोड ३८ लाख १५ हजार ४ सय ४८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, हिमालयन डिस्टिलरी, अपि पावर कम्पनी, गोर्खाज फाइनान्स र न्याशनल हाईड्रो पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा विन नेपाल लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा धेरैले घटेको हो । विन नेपालको सेयरमा यस्तो गिरावट आउँदा नबिल ब्यालेन्स फण्ड-२, राप्ती हाइड्रो एण्ड जेनेरल कन्स्ट्रक्सन, सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था, गुराँस लघुवित्त वित्तिय संस्था र स्वाभिमान लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी