×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘देशको दुर्गतिमा नेतासँगै कर्मचारी पनि जिम्मेवार छन्, तलब खुवाउनलाई पनि विदेशीसँग माग्नुपर्ने स्थिति आयो’ -देउवा

PRIME CA

‘देशको दुर्गतिमा नेतासँगै कर्मचारी पनि जिम्मेवार छन्, तलब खुवाउनलाई पनि विदेशीसँग माग्नुपर्ने स्थिति आयो’ -देउवा

२२ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको कर्मचारी संयन्त्रप्रति असन्तुष्टि जनाएका छन् । बुधवार निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कर्मचारी संयन्त्रप्रति चिन्ता र आक्रोश व्यक्त गरे । उनले देशको दुर्गतीमा राजनीतिक दल र कर्मचारी दुवै जिम्मेवार रहेको बताएका छन् ।

कार्यक्रममो बोल्दै प्रधानमन्त्री देउवाले कर्मचारीको सहयोगबिना देश विकासको सम्भावना नभएको बताएका छन् । ‘जबसम्म ब्यूरोक्रेसीको सहयोग हुँदैन, तबसम्म देश अघि बढ्नै सक्दैन’, उनले भने, ‘देशको दुर्गति हुनुमा जिम्मेवार को हो ? राजनीतिक दलमात्रै कि ब्यूरोकेसी पनि ? छलफल गर्नुपर्छ ।’ कार्यक्रममै प्रधानमन्त्री देउवाले अव कर्मचारीको तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला आएको बताएका छन् ।

सरकारी कर्मचारीहरुको सुगम जिल्ला नछोड्ने र दुर्गममा जान नमान्ने प्रवृतिप्रति प्रधानमन्त्री देउवाले आक्रोश व्यक्त गरे । ‘देश विकास हुन नसक्नुको मुख्य कारण भनेकै कर्मचारीले आफ्नो जिम्मेवारी पूर्ण रुपमा निर्वाह नगर्नु हो’, उनले भने, ‘देश विकास गर्ने हो भने कर्मचारीहरुले पनि सहयोग गर्नुपर्छ । राजनीतिक दलले मात्रै गरेर देशको विकास हुँदैन ।’ यस्तै हो भने आगामी २५ वर्षसम्म पनि देशको विकास हुन नसक्ने भन्दै प्रधानमन्त्री देउवाले आक्रोश पोखेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: