×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सरकारको अवको गन्तव्य आर्थिक रुपान्तरण हो, अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास जारी छ’ -प्रधानमन्त्री देउवा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार

PRIME CA
laxmi sunrise bank

‘सरकारको अवको गन्तव्य आर्थिक रुपान्तरण हो, अर्थतन्त्रलाई चलायमान बनाउन प्रयास जारी छ’ -प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको बताएका छन् । सोमबार संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारको अवको गन्तव्य मुलुकको आर्थिक रुपमन्तरण रहेको बताए । उनले आगामी मंसिरमा हुने आम निर्वाचनले मुलुकमा लोकतान्त्रिक विधि र माध्यमले शान्तिपूर्ण रुपमा शक्तिको हस्तान्तरणलाई सुनिश्चित गर्ने र संविधानलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

‘सम्पूर्ण नेपाली जनताको आत्मसम्मान, समृद्धि र एकता नै अबको एकमात्र सरकारको लक्ष्य हो’, उनले भने, ‘यदी हामी विकास र समृद्धि चाहन्छौँ भने विकासको महायज्ञमा सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवि एवं नागरिकहरु एकजुट हुनुपर्छ ।’

उनले संविधानको कार्यान्वयनलाई गति दिन विभिन्न ऐन, नियमहरु तर्जुमा भई कार्यान्वयनमा आएको बताए । प्रधानमन्त्री देउवाले सुन्दर, समृद्ध राष्ट्र निर्माण गरेर जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट जतिसक्दो चाँडो मुक्ति दिलाएर सबै किसिमका राजनीतिक स्वतन्त्रताबाट समतामुलक समाजको निर्माण गर्न सक्नुपर्ने बताए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: