×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

साइनबोर्डको शुल्क तिर्न महानगरको ताकेता, तोकिएको भन्दा ठूलो साइनबोर्ड राखेको पाइएमा हटाउने चेतावनी

SAGARMATHA CEMENTS

काठमाडौं । काठमाडौं महानगरपालिकाले साइनबोर्डको शुल्क बुझाउन ३० दिने अल्टिमेटम जारी गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै महानगरले आफ्नो व्यापार व्यवसयाको साइनबोर्डको शुल्क नबुझाका व्यक्ति वा संस्थालाई शुल्क बुझाउन तोकता गरेको हो ।

महानगरपालिकाभित्र केही व्यक्ति, संस्थाले आफ्नो कार्यस्थलमा राखेको साइनबोर्डको शुल्क नतिरेको पाइएपछि शुल्क तिर्नका लागि सूचना जारी गरेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले सूचना अनुसार अल्टिमेटम जारी भएको दिनदेखि ३० दिनभित्रमा शुल्क तिर्नुपर्नेछ ।

व्यवसायको परिचय पार्टीको शुल्क नबुझाएका व्यक्ति, संस्थाले ३० दिनसम्म आफ्नो व्यवसाय सञ्चालन हुँदै आएको वडाको वडा कार्यालयमा गएर शुल्क तिर्न सक्नेछन् । शुल्क नबुझाए वा तोकिएकोभन्दा ठूलो साइनबोर्ड राखेको पाइएमा त्यस्ता साइनबोर्ड महानगरपालिकाले तत्काल हटाउने चेतावनीसमेत दिइएको छ ।

६ वर्गफुटसम्म एक वटा मात्र साइनबोर्ड राखेको भए ५०० शुल्क लाग्नेछ । यस्तै १५ वर्गफुटसम्म १५०० र ३० वर्गफुटसम्म प्रतिवर्ग फुट १००० का दरले शुल्क लाग्ने महानगरले जनाएको छ । ३० वर्गफुटभन्दा माथिको साइनबोर्ड राख्न निषेध गरिएको महानगरले जनाएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal