×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिक्लेस हाइड्रोपावरको ११ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला, असोज २ गतेसम्म आवेदन दिन सकिने !

PRIME CA

सिक्लेस हाइड्रोपावरको ११ लाख ५० हजार कित्ता आइपीओ बिक्री खुला, असोज २ गतेसम्म आवेदन दिन सकिने !

२९ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आज भदौ २९ गतेदेखि सर्वसाधारणका लागि ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो। यसमध्ये ५ प्रतिशत अर्थात् ५७ हजार ५०० कित्ता सामुहिक लगानी कोष र ३ प्रतिशत अर्थात् ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आइपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असोज १२ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

हाइड्रोपावरको आइपीओमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केटले गर्ने भएको छ । रेटिङ एजेन्सी कियर नेपालले सिक्लेसको आइपीओलाई ‘कियर एनपी रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: