×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बजारमा विदेशी स्टक एक्सचेन्जले पनि लगानी गर्न पाउने, यस्तो छ व्यवस्था…

PRIME CA

धितोपत्र बजारमा विदेशी स्टक एक्सचेन्जले पनि लगानी गर्न पाउने, यस्तो छ व्यवस्था…

अर्थ सरोकार

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार

काठमाडौं । नयाँ स्टक एक्सचेन्ज खोल्न मिल्नेगरी संसोधन सहितको नियमावली स्वीकृत भएसँगै विदेशी स्टक एक्सचेन्जले धितोपत्र बजारमा लगानी गर्न पाउने भएको छ । नयाँ स्टक एकसचेञ्जमा विदेशी रणनीतिक साझेदार ल्याउने भएमा १० वर्ष बजार सञ्चालन गरेको अनुभव भएको हुनुपर्ने बोर्डले व्यवस्था गरेको छ ।

नेपाल धितोपत्र बोर्डले नेपाल सरकारको स्वीकृतिमा धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली २०७९ जारी गर्दै उक्त व्यवस्था गरेको हो । यस्तै सम्बन्धित देशको नियमनकारी निकायबाट धितोपत्र बजार सञ्चालन गर्न अनुमति पाएको हुनुपर्ने व्यवस्था बोर्डले गरेको छ ।

नयाँ धितोपत्र बजारले धितोपत्र कारोबारका लागि कारोबार प्रणाली र सोसँग सम्बन्धित अन्य प्रविधि खरिद वा जडान गर्दा परीक्षण पूर्ण रुपमा परिक्षण गरेको हुनुपर्नेछ । त्यस्तो कारोबार प्रणाली तथा प्रविधि नेपाल बाहेक अन्य मुलुकमा न्यूनतम दश वर्षदेखि निरन्तर सञ्चालनमा रहेको हुनुपर्नेछ । यसका साथै कम्तीमा तीन वटा धितोपत्र बजार सञ्चालनले प्रयोग गरेको प्रणाली वा प्रविधि हुनुपर्ने नियमावलीमा व्यवस्था गरिएको छ ।

नियमावली संशोधन गर्दै बोर्डले ३ अर्ब चुक्ता पूँजीसहित नयाँ धितोत्रप बजार सञ्चालक (स्टक एकसचेञ्ज) खोल्न बाटो खोलेको हो । धितोपत्र बजारमा संगठित संस्था र धितोपत्र व्यवसायीले मात्रै लगानी गर्न सक्ने व्यवस्थालाई संशोधन गर्दै अब प्राइभेट कम्पनी र संगठित संस्थाले लगानी गर्नसक्ने व्यवस्था भएको छ ।

संशोधित नियमावलीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: