काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ । राष्ट्र बैंकको लघुवित्त सुपरिवेक्षण विभागले गरेको स्थलगत र विशेष निरिक्षणको आधारमा दाङको तुलसीपुरमा रहेको सो लघुवित्तलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकका अनुसार संस्थाका संचालक तथा सदस्यहरुले संस्थाको हित विपरितको कार्य गरेको पुष्टी भएको छ । ‘राष्ट्र बैंकको सुपरिवेक्षण विभागले गरेको अध्ययनले संस्थाको अवस्थालाई नाजुन रुपमा मूलयांकन गरेको छ ।’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने -‘व्यक्तिगत लाभका लागि संस्थाकै अध्यक्ष र सदस्यको मिलेमतोमा नक्कली ऋणी खडा गरि कर्जा प्रवाह गरेको पाइएको छ । यस्ता विभिन्न समस्या र संस्थामा भएका आन्तरिक हिनामिनाका कारण नियमानुसार संस्थालाई समस्याग्रस्त घोषणा गरिएको हो ।’
यसभन्दा अघि संस्थाको प्राथमिक पूँजी कोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक भएको हुँदा २०७८ साल चैत्र २ गते राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गर्नु नपर्ने कारणसहित स्पष्टिकरण माग गरेको थियो । तर, संस्थाले पेश गरेको स्पष्टीकरणमा सन्तोषजनक जवाफ नपाएपछि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख को (क), (ख), (घ), (च) तथा (ञ) को अवस्था विद्यमान रहेको देखिएकोले उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ख बमोजिम समस्याग्रस्त वित्तीय संस्थाको रूपमा घोषणा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्