Skip to content
LAXMI SUNRISE BANK

‘कोरोना बीमाको दाबी भुक्तानी छिट्टै सुरु हुन्छ’ -सिलवाल

अर्थ सरोकार

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले चाँडै कोरोना बीमाको दाबी भुक्तानी सुरु गर्ने बताएका छन् । लुम्बिनी प्रदेशमा प्रदेश तथा शाखा कार्यालयका प्रमुख एवं कर्मचारीहरुसँगको अन्तरक्रियामा बोल्दै अध्यक्ष सिलवालले कोरोना बीमाको दाबी भुक्तानीको सम्बोधन छिट्टै हुने बताएका हुन् ।

‘अहिले कोरोना बीमाको दाबी भुक्तानीका सवालमा अर्थ मन्त्रालयसँग छलफल भईरहेको छ । सम्भवत चाँडै सरकारले केही निश्कर्ष निकाल्नेछ ।’ अध्यक्ष सिलवालले भने –‘सरकारतर्फबाट अहिलेसम्म सकरात्मक प्रतिक्रिया आएको छ । अहिले विषय छलफलमै भएकोले छिट्टै नै कारेना बीमाको दाबी भुक्तानी सुरु गर्नेछौँ ।’ त्यस्तै कार्यक्रममा बोल्दै उनले बीमाप्रतिको विश्वसनीयता बढ्ने काम गर्न समेत कम्पनीहरुलाई निर्देशन दिएका छन् ।

कार्यक्रममार्फत अध्यक्ष सिलवालले पछिल्लो समय बीमा कम्पनीहरुको पूँजीले जोखिम धान्न नसक्ने बताएका छन् । ‘पछिल्ला समय बीमा कम्पनीहरुबीच भएको अस्वस्थ प्रतिस्पर्धाले पनि बीमा कम्पनीहरुको विश्वासमाथि प्रश्नचिन्ह खडा गर्छ’, उनले भने, ‘बीमा कम्पनीहरुलाई प्रदेश तथा शाखा कार्यालयहरुमा दाबी भुक्तानी सहितको अधिकार प्रत्यायोजन गर्न निर्देशन दिइएको छ । बीमा व्यवसायमा अब स्वस्थ प्रतिस्पर्धाको खाँचो छ, अस्वस्थ प्रतिस्पर्धाले बीमा क्षेत्र धरासायी बन्नसक्छ ।’

त्यस्तै कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले पछिल्लो समय बढीरहेको बीमा विकृतिका विषयमा पनि अब चनाखो हुनुपर्ने बताएका छन् । बीमा गर्दा मा जोखिमांकन गर्दा कम्पनी र कम्पनीका अभिकर्ताले विवेक पुर्याएर काम गर्नुपर्ने उनको भनाई रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK