काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिन (बिहीबार) हिन्दु परम्परा अनुसार सप्तऋषिको पुजाआराधना गरी तिज व्रत समापन गरिएको छ । ऋषिपञ्चमीलाई हिरतालिका तिज व्रतको अन्तिम दिनका रुपमा मनाइने चलन छ । यो दिन नजिकको नदी, खोला, ताल तथा पोखरीमा महिलाहरुको भिड लाग्नेगर्छ ।
यस दिन महिलाहरुले तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । बिहीबार काठमाडौं लगायत देशभरका ऋषेश्वर मन्दिर महिला भक्तजनले भरिभराउ देखिन्छन् । सप्तऋषिको पूजा गरेसँगै तीज व्रत समाप्त भएको मान्यता छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्