काठमाडौं । काठमाडौं महानगरपालिकाले वर्षौं पहिले गायब भएको टुकुचा खोला फेला पारेको छ । बिहीबार हात्तीसारस्थित जय नेपाल हलको कम्पाउण्ड उत्खनन् गर्दा महानगरपालिकाले अतिक्रमण गरि गायब गरिएको टुकुचा खोला फेला पारेको छ ।
अतिक्रमण गरी खोला नै गायब गरेको तथ्य फेला पारेको महानगरपालिकाले खोला पत्ता लगाउन डोजर लगाएर जय नेपाल हलको कम्पाउण्डमा उत्खनन् गरेको थियो । महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको जनाएको छ ।
महानगरले साउन १२ गते एक सूचना जारी गर्दै टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो । ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायब भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको महानगरका सहप्रवक्ता महेश काफ्लेले जानकारी दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्