काठमाडौं । टुकुचा खोला मिचेर बनाइएका संरचना नभत्काउन उच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको छ । आइतबार उच्च अदालतमा परेको रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायधिश दिपेन्द्र बहादुर बमको इजलासले यस्तो आदेश जारी गरेको हो ।
टुकुचा खोला खोज्न काठमाडौं महानगरपालिकाले उत्खनन् सुरु गरेसँगै हालसम्म जय नेपाल हालको आँगन र लक्ष्मी बैंक रहेको भवनमुनी गायब भएको खोला भेटिएको छ । यो सँगै संरचना भत्किने डरले प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रालिको तर्फबाट भोलाविक्रम थापा समेतले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका थिए । सोही रिटमाथि सुनुवाई गर्दै अदालतले महानगरलाई खोला मिचेर बनाइएका संरचना तत्काल नभत्काउने आदेश जारी गरेको हो ।
उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलका अनुसार प्रक्रिया बमोजिम नक्सा पास गरेको र निर्माण सम्पन्नको प्रमाणपत्र समेत लिएको देखिएकाले तत्काल संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो । अदालतले दुवै पक्षलाई असोज पाँच गते छलफलका लागि बोलाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्