×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

टुकुचा मिच्नेको पाप ‘जय नेपालको आँगन मुनिबाट करायो, सिद्धार्थ लक्ष्मी, नेपाल एसबिआई बैंक हट्दै (भिडियो) 

SAGARMATHA CEMENTS
काठमाडौँ । पावरका भरमा कुनैबेला खानेले देशको अस्मिता नै पनि बेचेर खाएथे हाम्रो देशमा । कसैले देशको सिमा बेचेर खाए, कसैले बालुवाटारको जग्गा बेचेर खाए, कतिले देशका नदीनाला बेचेर खाए, कतिले देशका खानी बेचेर खाए । खाए, खाए, जे भेटिन्छ, जसरी खान मिल्छ, त्यसरी खाए । पद र पैसाले सब थोक किनेर खान्छु भन्ने अहमता बोकेर सभ्याता नै खान पल्केकाहरुले टुकुचा पनि बर्षौंसम्म बेचेरै खाए ।
बगिरहेको टुकुचामा महल ठड्याए, फिल्म हल बनाए, व्यापारिक कम्प्लेक्स बनाए, बैंकलाई भाडामा लगाए, र यसैगरी बर्षौंसम्म टुकुचा खोलालाई पातालझैं बनाएर आफुहरु महलमा रमाईरहे । त्यहि टुकुचा मासेर ठड्याईएका भवनलाई भाडामा लगाएर कमाईरहे । तर हराएको टुकुचा खोज्ने आँट बालेन्द्र शाहले देखाएपछि अन्तत: टुकुचा भेटिएको छ । जय नेपाल हलमा डोजर चलाएर खोजीहेर्दा काठमाडौँको टुकुचा खोलो भेटिएको हो । र टुकुचासँगै देशको खोजिरहेको एउटा खास नेता अर्थात नेतृत्वको बालेन्द्र स्वरुप पनि भेटिएको छ ।
बालेन्द्रलाई सूचना आयो, टुकुचा बेचेर खानेहरुले काठमाडौँमा महल बनाएका छन् । र टुकुचा जय नेपाल हल मुनि अझै पनि बगिरहेको छ । भुस्तिग्रे भवनलाई आफ्नो छातीमा ठड्याएर रोहिरहेछ टुकुचा । र अनाधिकृत संरचना हटाईरहेका बालेन्द्रको डोजर पर्खाईमा टुकुचा । बालेन्द्रले टुकुचा खोलै माथि अनाधिकृत भवन ठड्याईरहेको सूचना पाएपछि त्यहाँ डोजर पठाए । र सूचना अनुसार नै डोजर चल्यो जय नेपाल हलको आँगनमा । नभन्दै भेटियो बर्षौंदेखि हराईरहेको टुकुचा । भेटियो काठमाडौँमा बग्ने गरेको तर बीचैमा हराएको टुकुचा । अनि टुकुचामात्र भेटिएको छैन, बरु भेटिदैछन्, टुकुचा बेचेर खानेहरु पनि ।
बालेन्द्र शाह नेतृत्वको काठमाडौ महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोला खोज्न उत्खनन गरेको छ । विशेष खोज र अनुसन्धानपछि महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको हो । नारायणहिटी दरबार क्षेत्रभित्र टुकुचा बर्षौंदेखि देखिने गरी बगिरहदा त्यहाँभन्दा बाहिर टुकुचा खोला हराएको थियो । बर्षौंदेखि स्थानीयहरुले खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै उत्खननको मागसमेत गर्दै आएका थिए । तर पैसाको पावरमा उनीहरुका आवाज बन्द गरिए । तर महानगरको मेयरमा बालेन्द्र शाह आएपछि टुकुचा खोज्ने अभियान सुरु भएको थियो । महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो । ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायब भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको थियो । गर्छु भनेर लागेपछि नहुने के छ र ? आखिर टुकुचा भेटिएको छ । र अझै भेटिंदैछन् टुकुचा अस्तित्वका अनेक आयामहरु ।
बालेन्द्र शाहको नेतृत्वमा चलेको डोजरले टुकुचा भेट्टाएपछि अहिले स्थानीयहरु खुसी बनेका छन् । सँगै दुखी छन्, टुकुचामाथि भवन ठड्याएर मनपरी गर्न पल्किएका व्यापारीहरु । आफुले बर्षौंदेखि नियम मिचेर कमाई खाने भाँडो बनाएको संरचनामा डोजर चल्ने भएपछि व्यापारीहरु त्रसित छन् । जनताको मनमनमा बसेका बालेन्द्रको न उनीहरु विरोध गर्न सक्छन्, न समर्थन गर्ने हैसियत राख्छन् । उनीहरु त रोहि कराई गरिरहेका छन् र भनिरहेका छन्, अलिकति समय देउ, सल्लाह गर । तर प्रकृतिको दोहन रति पनि सह्य छैन र हुँदैन । आमाको छातीमाथि महल ठड्याउनेहरुलाई देशले माफी गर्न सक्दैन । र सकेनन् र सक्दैनन् बालेन्द्र शाहले पनि ।
 किनकि उनी कसैको झोला बोकेर, करोडौं बुझाई टिकट पाएर नेता भएका होइनन्, बरु राष्ट्रको झण्डा ओढेर स्वतन्त्रबाट निर्वाचित भएका जनप्रतिनिधि हुन् ।
 बालेन्द्रको डोजर अभियान जारी छ । उनको सभ्यता खोज्ने क्रम जारी छ । नदी बेचेर महल ठड्याउनेहरुविरुद्धको अभियान जारी छ । बाटो मिचेर व्यापार गर्न पल्किएकाहरुका विरुद्ध अभियान जारी छ । नक्साविपरित भवन ठड्याउनेहरुविरुद्ध बालेन्द्रको अभियान जारी छ । र जारी छ काठमाडौँलाई सुन्दर बनाउने महा अभियान, जहाँ न कसैको डर छ, न कसैको प्रलोभनको अर्थ छ । बालेन्द्रलाई छ त जनताको साथ, जनताको विश्वास, जनताको माया अनि जनताको असीम उत्साहले दिएको शक्ति । र त के बुढीआमा, के अधबैंशे काका, के सानी स्कुले नानी, के देशको माया गर्ने युवा, सबैले एक साथ,  छाती फुलाएर, देश सम्झेर भनिरहेका छन्, जय मेयर बालेन्द्र ।
टुकुचा मिचेर थुप्रै महलहरु ठडिएका छन् । टुकुचा मिचेर बनाईएका भवनहरुमा मै हु भन्ने बैंकहरु छन् । अव त यस्तो लागिरहेछ जनतालाई, सभ्यता नै मिचेर बनाईएको भवनमा व्यापार गर्नेकहाँ के पैसा जम्मा गर्नु ? टुकुचा मिचेर बनाईएको भवनमा बसेका बीमा कम्पनीहरु देख्दा जनताले भन्न थालिसके, आफ्नै भवनको टुंगो नभएको कम्पनीले के गतिलो बीमा गर्ला र ? अनि यसरी देशै मारेर व्यापार गरेकाहरुले मरेपछि पैसा दिन्छन भनेर के कारोबार गर्नु उनीहरुसँग । मनै त हो, जनताको मन दुख्नु स्वाभाविक हो, ती गगनचुम्नी भवनहरु देखेर, किनकि खोला, नदी, खानीको अस्तित्वमाथि ठडिएका संरचनाहरुको इज्जत रहन्छ र जनताको मनमा । टुकुचामाथि बनेको फिल्म हलमा बसेर अव के फिल्म हेर्नु भनिरहेका छन्, नागरिक । समग्रमा बालेन्द्रले टुकुचा मात्र भेटेका छैनन्, बरु जनताको स्वाभिमान र भावनासँग खेलेर भईरहेका व्यापारलाई पनि अव तह लगाउने भएका छन् ।
सत्य आखिर सत्य हुन्छ, र जीत सत्यकै हुन्छ । टुकुचा सत्य थियो र त आज सत्यतामा टेकेर उदाएका बालेन्द्रले टुकुचाभित्रको सत्यता र सभ्यता खोज्दैछन्  । र पाप आखिर पापै हुन्छ । फरक यति हो, बुढापाकाले पाप धुरीबाट कराउँछ भन्थे, यसपाली जय नेपालको आगनमुनिबाट करायो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal